Erani Mahal
पाल्पामा थपिए ३८ नयाँ कोरोना संक्रमित
Corona_report_13
पाल्पा - पाल्पामा ३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २० जना पुरुष र १८ जना महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार बिहीवार, शुक्रबार र शनिवार गरी कूल ३८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिका तथा नगरभित्रका अस्पतालका १६ जना, रामपुर नगरपालिका तथा अस्पतालका २ जना, बगनासकाली गाउँपालिकाका ७ जना, पूर्वखोला गाउँपालिकाका ६ जना, रिब्दीकोट गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना र तिनाउ गाउँपालिकाका थप १ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४७ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । तीन दिनको अवधिमा थप ६७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । विभिन्न स्थानीय तहका ३४ पुरुष र ३३ महिला संक्रमणमुक्त भएका हुन् । योसंगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३ सय ४ पुगेको छ । पाल्पामा संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ भने हाल २ सय २१ जना संक्रमित उपचारका क्रममा रहेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update