Erani Mahal
बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु
CORONA-DEATH-2
रूपन्देही - रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुषको शुक्रबार राति साढे ११ः २५ बजे र कपिलवस्तु बुद्धभूमी नगरपालिका गोरूसिंगेका ७४ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । बुटवलका पुरूषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, कपिलवस्तुको गोरुसिङ्गेका पुरुषलाई मंसिर ९ गते संक्रमण पुष्टि भएको थियो । दुवै संक्रमित मिर्गौला सम्बन्धी समस्याबाट पीडित रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update