Erani Mahal
सिद्धार्थ राजर्माग मंसीर १४ देखि १८ गतेसम्म दैनिक ४ घण्टा बन्द हुने (तालिका सहित)
127661570_231414478341963_5013909022259487723_n
पाल्पा - सिद्धार्थ राजमार्ग पुन बन्द हुने भएकाे छ । सडक कालाेपत्रे गर्नका लागि पुन सडक अबरूद्ध हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे छ । कार्यालयका अनुसार २०७७ मंसीर १४ गतेदेखि मंसीर १८ गतेसम्म दैनिक चार घण्टा बन्द हुनेछ । सिद्धार्थ राजमार्गकाे झुम्सा-दाेभान सडकखण्डमा कालाेपत्रे गर्न सडक बन्द गर्न लागिएकाे सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे हाे । बन्दकाे तालिका यस्ताे छ :- उता यात्रुले भने सिद्धार्थ राजमार्ग पटक-पटक बन्द हुँदा सास्ती बेहाेर्नु परेकाे गुनासाे गर्दै आएका छन् । सडक मर्मतकाे नाममा कहिले कुन स्थानमा त कहिले कुन स्थानमा सडक बन्द गरेर काम गर्दा सडकमा यात्रा गर्ने यात्रुले सास्ती बेहाेर्दै आएपछि गुनासाे बढेकाे हाे । सडक कार्यालयले अति व्यस्त सडकमा पनि वर्षभरि नै विभिन्न नाममा पटक-पटक सडक बन्द गरेकाेमा यात्रुकाे गुनासाे रहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update