Erani Mahal
रामपुरमा कुलोमा डुबेर बालकको मृत्यु
balak
पाल्पा - जिल्लाको रामपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । रामपुर नगरपालिका –३ रजघराका दामोदर देवकोटाका दुई वर्षका छोरा बोधराज देवकोटाको कुलोमा डुबेर मृत्यु भएको हो । बिहीवार आफ्नै घरको आँगनमा खेल्ने क्रममा उनि साँझ ४ः३० बजेको समयमा कुलोमा खसेका थिए । हजुरबुवाले देखेर उद्धार गरि रामपुर अस्पताल लगिएकोमा ६ः१० बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update