Erani Mahal
मस्यामका ७ सय ४२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
Mashyam
पाल्पा- जिल्लाको मस्याममा रहेका ७ सय ४२ विद्यार्थीलाई झोला सहितको शैक्षिक सामग्री वितरण गरिएको छ । चाइनिज फाउण्डेशन फर पोनटी एलिमेसनको सहयोगमा नेपाल राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजले वडाका ९ वटा विद्यालयका विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो । गाउँका ७ सय ४२ जना सवद्यार्थीलाई झोला, कापी, कलम, जेमिट्रि बक्स, कलर बक्स लगायतका सामग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक सविता मल्लले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजका प्रतिनिधि कृष्ण प्रसाद ढकाल, पहल कर्ता तथा समाजसेवी मंगल बहादुर रेगामी र वडा अध्यक्ष टोम बहादुर पुनको उपस्थितिमा शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । शैक्षिक सामग्रीले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा जागरुक बनाउन सहयोग पुग्ने भन्दै सहयोगी संस्थालाई वडाको तर्फबाट वडा अध्यक्ष टोमबहादुर पुनले धन्यवाद व्यक्त गर्नुभयो । नेपाल राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजका प्रतिनिधि कृष्ण प्रसाद ढकालले दुर्गम गाउँका विद्यार्थीलाई शैक्षिक रुचिको विकासमा संस्थाले सहयोग गरेको बताउनुभयो । कार्यक्रममा सहयोग गर्ने सबैमा उहाँले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोग गर्दै जाने बताउनुभयो । तिनाउँ गाउँपालिका वडा न‌ं ६ का २ वटा मावि ३ आधारभूत विद्यालय र ४ वटा प्राविका विद्यार्थिलाइ उक्त सामग्री हस्तान्तरण गरिएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update