Erani Mahal
तानसेनमा सडक अवरोध गरी राखिएका सामान जफत गर्न थालियो [तस्वीरहरु]
saman_jafat1
पाल्पा – सदरमुकाम तानसेन बजारको अव्यवस्थित पार्किङ् र सडकलाई व्यवस्थित गर्न शुरु गरिएको छ । बजारमा सडक अवरोध गरेर राखिएका सामान हटाउने तथा जफत गर्ने कार्यबाट यसको शुरुवात गरिएको छ । नगर प्रहरी, ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले केही दिनयता तानसेन बजारमा सडक ओगटेर राखिएका सामान हटाउने तथा जफत गर्ने कार्य गरिरहेका छन् । सडक ओगटेर सामान राख्नेमा बढी व्यापारीहरु रहेका छन् । बुधवार तानसेनको मेहल्धारा–गैरागाउँ हुँदै मिशन क्षेत्रमा पसलभन्दा बाहिर सामान राखेर व्यवसाय गरेका व्यापारीको सामान जफत गरिएको छ । जफत सामानमा ग्यास सिलिण्डर, होर्डिङ्बोर्ड, बेञ्जदेखि सुन्तलासम्म छन् । ति सामान तानसेन नगरपालिकाको ट्रकमा राखि ल्याईएको छ । तानसेनमा सडक अवरोध हुनेगरी सामान नराख्न केही दिनयता माईकिङ् समेत गर्दै आईएको छ । निर्णयलाई अटेर गरी सडक अवरोध गरेर सामान राख्नेहरुको सामान जफत गरिएको नगरपालिकाले जनाएको छ । जफत गरिएका सामाग्री के गर्ने भन्नेबारे निर्णय भईनसकेको नगरपालिकाले जनाएको छ । लगत्तै, अव्यवस्थित पार्किङ् गरिएका सवारी साधनसम्बनी अनुगमन गरी कानुनी प्रक्रियामा जाने बताईएको छ । तानसेनका सडकहरु यसैपनि साधुरा, त्यसमाथि सडकपेटी तथा सडक अवरोध हुनेगरी सामानहरु राख्ने, अव्यवस्थित पार्किङ् गर्ने गर्दा सहरको सौन्दर्य घटनुका साथै सडक दुर्घटनाको जोखिम बढेको भन्दै यसलाई व्यवस्थित गर्न लागिएको हो । केही दिनअघि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा सरोकारवालाहरुको बैठक बसेर विभिन्न निर्णय गरिएको थियो । सोही अनुसार अभिनय सुरु गरिएको हो । यो पनि पढनुहोस् : तानसेनमा अव्यवस्थित पार्किङ् र सडक हडप्ने कार्य रोकिने ! तस्वीरहरु : सुशिल नेपाल
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update