Erani Mahal
कांग्रेसका वडा सभापतिसहित ४८ जना नेकपा प्रवेश
party_perbes
पाल्पा, (निस्दी) - पाल्पाको निस्दी गाउँपालिका वडा नं.–६,अर्चले धोबलामा नेपाली कांग्रेस वडा सभापति हुम बहादुर रानासहित ४८ जना नेकपा प्रवेश गरेका छन् । पछिल्लो समयमा केन्द्रीयस्तरमा नेपाली कांग्रेसको भूमिका प्रभावकारी नभएको भन्दै आफूहरु सो पार्टीमा रहन नसक्ने भन्दै पार्टी परित्याग गरेको उनिहरुले बताएका छन् । नव–प्रवेशीहरुलाई नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज दल बहादुर रानाले स्वागत गर्नुभएको हो । कार्यक्रममा रानाले नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्ने ४८ जना नव–प्रवेशीलाई स्वागत तथा धन्यवाद दिनुभएको थियो । उहाँले सरकारले जनपक्षीय काम गरेको भन्दै अहिले नेकपामा देखिएको विवाद छिट्टै समाधान हुने बताउनुभयो । सोही अवसरमा पाल्पा जिल्लाका प्रदेश सांसद् नारायण प्रसाद आचार्य, युवराज खनाल, निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु लगायतले आ–आफ्नो बिचार राख्दै नेकपा प्रवेश गरेकोमा सबैलाई धन्यवाद दिनुभएको थियो । नेकपा वडा कमिटीका अध्यक्ष तोल बहादुर राईको अध्यक्षतामा चलेको कार्यक्रमको संचालन निस्दी संगठन सदस्य महेन्द्र बयम्बुले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update