Erani Mahal
सांसद् रानाद्वारा अर्चलेस्थित गोरखनाथ मा.वि.को भवन शिलन्यास
gorakhnath_mavi1
पाल्पा (निस्दी) - जिल्लाको निस्दी –६ अर्चलेस्थित गोरखनाथ माध्यमिक विद्यालयमा निर्माण हुन लागेको ४ कोठे भवनको नेकपाका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधारमन्त्री दल बहादुर रानाले एक कार्यक्रमकाबिच शिलन्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै सांसद् रानाले विद्यालयको पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले अर्चलेको विकास गर्न स्थानीयबासी नै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । सोही अवसरमा प्रदेश सांसद् नारायण प्रसाद आचार्यले केही महिनाभित्र नै रेचेघाटमा पक्की पुलको शिलन्यास गर्न सफल हुने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद् युवराज खनाल, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, नेकपा निस्दीका अध्यक्ष हेम बहादुर खाम्चा लगायतको उपस्थिति रहेको थियो । गोरखनाथमा यस वर्ष राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ७० लाखको आर्थिक सहयोगमा भुकम्प प्रतिरोधी ४ कोठे विद्यालय भवन बन्न लागेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलु गैरेको अध्यक्षतामा चलेको कार्यक्रम संचालन प्रध्यानाध्यापक ईश्वरी प्रसाद अर्यालले गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update