Erani Mahal
पाल्पामा २५ नयाँ संक्रमित थपिए
Corona_virus
पाल्पा - पाल्पामा थप २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधवार पाल्पाका विभिन्न स्थानका १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई जानकारी दिनुभयो । तानसेन नगरपालिका तथा अस्पतालका १८ जना, रामपुर नगरपालिकाका २ जना, माथागढी गाउँपालिकाका ३ जना, पूर्वखोला र तिनाउ गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ९ पुगेको छ । संक्रमितमध्ये १ हजार २ सय ३७ जना निको भएका छन् भने २१ जनाको मृत्यु भएको छ । हाल पाल्पामा २ सय ५१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update