Erani Mahal
तानसेनमा ट्रकको ठक्करबाट पैदलयात्रु घाईते
trick__
पाल्पा – पाल्पा सदरमुकाम तानसेनमा मंगलबार दिउँसो ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट पैदलयात्रु गुल्मी रुरु गाउँपालिका –६ का ४६ वर्षीय गोपाल रेग्मी घाईते हुनुभएको छ । उहाँको युनाईटेड मिशन अस्पतालमा उपचार भईरहेको छ । गुल्मीतर्फ जाँदै गरेको लु २ ख ११२० नम्बरको मालवाहक ट्रकले तानसेनको टक्सारटोल मोडमा दिउँसो २ बजेको समयमा पैदलयात्रुलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उपेन्द्र बुढाथोकीले ईरानीमहललाई जानकारी दिनुभयो । उहाँका अनुसार घाईते रेग्मीको अवस्था मध्यम छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update