Erani Mahal
पाल्पामा थप ११ जनामा काेराेना पुष्टि
corona-virus-covid-19
पाल्पा - पाल्पामा थप ११ जनामा काेराेना पुष्टि भएकाे छ । तानसेनमा ८, रामपुरमा २ र रैनादेवी छहरामा १ जना गरी ११ जना काेराेना संक्रमित थपिएका हुन् । याेसँगै पाल्पामा एक हजार ४८४ जना काेराेना संक्रमित भएका छन् । तीमध्ये एक हजार २३७ जना निकाे भएर घर फर्किएका छन् । संक्रमितमध्ये २१ जनाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयाे । हाल २२६ जना सक्रिय संक्रमित उपचारकाे क्रममा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update