Erani Mahal
पाल्पामा थप एक वृद्धको कोरोनाले निधन
dead_korona
पाल्पा- जिल्ला पाल्पा रामपुर नगरपालिका –१० बस्ने वर्ष ८४ को पुरुषको लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको छ । निजको कोरोनाले गर्दा निधन भएको अस्पतालले जनाएको छ । उनमा स्वास् प्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । उनको गत ७ गते निधन भएको र आज जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस संगै पाल्पामा कोरोनाले निधन हुनेको संख्या २१ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update