Erani Mahal
तिनाउ खोलामा ढुंगा खोजेर सिलौटा बनाइँदै
Silauto
पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका –३ स्थित तिनाउ खोलामा ढुंगा खोजेर सिलौटा तयार गर्दै राजेन्द्रप्रसाद पथरकट लगायतका व्यक्ति । तिनाउ–३ अर्घाछापमा बस्दै आउनुभएका राजेन्द्रप्रसादले खोला छेउछाउमा ढुंगा खोजेर सिलौटो तयार गर्दै आउनुभएको छ । सिलौटो बनाएर पाल्पा, बुटवल, स्याङ्जा लगायतका स्थानमा बिक्री गर्ने उहाँले बताउनुभयो । एउटा सिलौटो ४ सयदेखि ८ सय रुपैयाँसम्ममा बिक्री हुने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update