Erani Mahal
माथागढीका विद्यालय बुधवारदेखि खुल्ने
Mathagadi_
पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु मंसिर १० गते बुधवारदेखि सञ्चालन हुने भएका छन् । गाउँपालिकाले सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने निर्णय गरेको हो । सरकारले जारी गरेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’मा भएको व्यवस्था तथा गाउँपालिका शिक्षा समितिको बैठकको निर्णयअनुसार नियमितरुपमा विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो । बैठकले विद्यार्थी संख्याको आधारमा सबै विद्यार्थी एकैपटक वा सिफ्ट अनुसार वा अन्य कुन विधिबाट विद्यालय संचालन गर्न सकिने हो, विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई सम्बन्धित वडाबाट विद्यालय सञ्चालनको स्वीकृति लिई सञ्चालन गर्न सकिने व्यवस्था मिलाएको छ । विद्यालयले पठनपाठन सञ्चालन गर्दा अनिवार्यरुपमा सावुन पानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने, मास्क लगाउने र एक अर्काबीचमा दुरी कायम गर्ने व्यवस्था मिलाउनुपर्ने छ । स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुमगन हुने जनाईएको छ । पाल्पामा यसअघि बगनासकाली र निस्दी गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update