Erani Mahal
कक्षा १२ को परीक्षा आजदेखि सुरु
12 Exam_dovan mavi
पाल्पा - कोरोना भाइरस संक्रमणका कारण गत बैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजदेखि सुरू भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको परीक्षा आजदेखि सुरू भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा देशभरिका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । [caption id="attachment_15118" align="alignnone" width="768"] पाल्पाको तिनाउ गाउँपालिकास्थित दोभान मा.विको परीक्षा केन्द्रमा परीक्षा दिँदै विद्यार्थीहरु -तस्वीर : राजेश श्रेष्ठको फेसबुकबाट[/caption] बिहान ८ बजेदेखि सुरु भएको परीक्षा डेढ घण्टामा सकिएको छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । यसपटक विद्यार्थीले आफू पढेकै विद्यालयमा परीक्षा दिन पाएका हुन् । गाउँघर गएका विद्यार्थीले भने पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा गरिएको बोर्डले जनाएको छ । हेल्थ डेस्क राखेर सामाजिक दूरी कायम गरी, थर्मल गनले विद्यार्थीको ज्वरो जाँचेर मात्र परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्न दिइएको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update