Erani Mahal
सोमबार पाल्पामा थपिए १० कोरोना संक्रमित
Coronavirus-
पाल्पा – सोमबार पाल्पामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ६ जना पुरुष र ४ जना महिला छन् । सोमबार तानसेन नगरपालिका तथा यहाँका अस्पतालका ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली र रम्भा गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसंगै पाल्पामा कोरोना संक्रमित हुनेको कुल संख्या १ हजार ४७३ पुगेको छ । संक्रमितमध्ये १ हजार १९३ जना संक्रमणमुक्त भएका छन् । २० जना संक्रमितको मृत्यु भएको छ । हाल २ सय ६० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update