Erani Mahal
पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो
CORONA-DEATH-2
पाल्पा– पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । रम्भाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले सोमबार जानकारी दिएसंगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको हो । रम्भा गाउँपालिका –४ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ३० गते नै युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पुरुषमा कात्तिक २८ गते कोरोना पुष्टि भएको थियो । ‘उहाँको उपचारको क्रममा ३० गते मृत्यु भएको हामीलाई आजमात्रै रिपोर्ट आयो’– सूचना अधिकारी पन्थीले भन्नुभयो । स्वास्थ्यमा समस्या आएपछि तानसेनको लुम्बिनी मेडिकल कलेज पुग्नुभएका पुरुषलाई कलेजले भैरहवा रिफर गरेको बताईएको छ । पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । पाल्पामा हालसम्म १ हजार ४ सय ७३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update