Erani Mahal
रामपुरमा एक युवक स्कुटरसहित मृत अवस्थामा फेला
acch
पाल्पा - रामपुरमा एक युवक साेमबार बिहान मृत अवस्था फेला परेका छन् । मृत भेटिएका युवक नगरपालिका वडा नं.७,किसानबारी बस्ने २२ वर्षका भारतीय सेनामा कार्यरत जीवन राना रहेकाे अनुमान गरिएकाे छ । राना रामपुर-७,किसानबारी,साइफन भन्दा ३०० मिटर पर मृत अवस्थामा भेटिएका हुन् । लु ५० प ६२१ नम्बरको स्कुटर सहित सडक छेउको नालीमा राना मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएकाे छ । घटना साेमबार राति भएकाे हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको रामपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update