Erani Mahal
तानसेनमा आगलागी हुँदा २ लाख बराबरको क्षति
Fire-Aago
पाल्पा - पाल्पाको तानसेनमा कुँडो पकाउने क्रममा आगलागी भएको छ । तानसेन नगरपालिका वडा नं १० भैरवटार बस्ने रुपा गैरेको एक तले कच्ची गोठमा कुँडो पकाउने क्रममा आज दिउँसो ४ बजे आगलागी भएको हो । [caption id="attachment_14880" align="alignnone" width="768"] प्रतिकात्मक तस्वीर[/caption] आगलागीमा गोठ, मकै, दाउरा र पराल गरी २ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । आगोलाई स्थानीयद्धारा ४ः३० बजे नियन्त्रणमा लिईएको थियो । आगलागीमा मानविय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update