Erani Mahal
पाल्पामा थप ३९ जनामा काेराेना पुष्टि
corona_palpa
पाल्पा- पाल्पामा थप ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । थपिएका संक्रमितहरुमा २३ जना पुरुष र १६ जना महिला रहेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । थपिएका संक्रमितमध्ये तानसेन नगरपालिकाकाभित्रकै ३० जना रहेका छन् । त्यस्तै वगनासकाली गाउँपालिकामा २ जना, माथागढी गाउँपालिकामा ३ जना, रिब्दीकोट/रैनादेवी छहरा गाउँपालिकामा १/१ जना र पूर्वखोला गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् । यससँगै पाल्पामा कुल संक्रमितको संख्या १४ सय ६३ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update