Erani Mahal
पाल्पामा छायाँकन गरिएको ‘सोल्टी ज्यू...’गीत सार्वजनिक
solti_jiu
पाल्पा – रोईला गीत ‘सोल्टी ज्यू...’को भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियो छायाँकन पाल्पाको माथागढी –३ कसेनी सराईमा गरिएको हो । विनोद कान्छा र कमला बि.सी.को लय/शब्द रहेको गीतमा विनोद कान्छा र साबित्रा मगरले स्वर दिनुभएको छ । भिडियोमा कमल गाहा र उर्मीला सारु लगायतले अभिनय गर्नुभएको छ । कमल गाहाले निर्देशन गर्नुभएको भिडियोलाई सुमन कार्कीले छायाँकन, रोशन धितालले सम्पादन गर्नुभएको छ । २ वर्ष पहिले रेकर्ड भएको गीतको हालैमात्र भिडियो छायाँकन गरि सार्वजनिक गरिएको हो । प्रेम लामीछाने मगरको युट्युब च्यानलमा भिडियो उपलब्ध छ । https://www.youtube.com/watch?v=XIOVp_rLSaY  
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update