Erani Mahal
मुझुङमा एक दर्जन कार्यकर्ता नेकपामा प्रवेश
127004500_1525678914294905_7444643472522809393_n
पाल्पा - रैनादेवी छहरा गाउँपालिका –५, मुझुङमा नेपाली कांग्रेसका एक दर्जन कार्यकर्ता पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य कर्णबहादुर दर्नालको नेतृत्वमा नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेकपाका जिल्ला सचिव राजेन्द्र विश्वकर्माले दलित, महिला जनजातिको हितमा नेकपाले उल्लेखित भूमिका खेलेको बताउनुभयो । उहाँले नेकपा नेतृत्वमा दलित समुदायको राजनैतिक सामाजिक उत्थान भएको बताउनुभयो । कार्यक्रममा नेकपा रैनादेवी छहरा गाउँ कमिटी सचिव मानबहादुर थामीले गरिब, निमुखा सबै एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा गाउँ कमिटी सदस्य नारायण वहादुर कार्की, वडा अध्यक्ष लोक वहादुर बुढाथोकीले नेकपा जनताको हितमा सधैं साथ रहने बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update