Erani Mahal
निस्दीमा मंसिर ७ गतेदेखि विद्यालय संचालन हुने
school
पाल्पा- निस्दी गाउँपालिकामा मंसिर ७ गतेदेखि नियमित रूपमा विद्यालय संचालन हुने भएको छ । बिहीबार निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले विद्यालय संचालन गर्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो । हाल विश्वभर फैलिएको कोभिड १९ कोरोना महामारीको कारण निस्दीमा शैक्षिकसत्र शुरूवातसंगै नियमित पठनपाठन हुन सकेको छैन । वैठकले आगामी मंसिर ७ गते आइतबारदेखि स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालयमै कक्षा संचालन गर्ने निर्णय गरेको प्रवक्ता सुनारीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update