Erani Mahal
शाैच गर्न गएका काेराेना संक्रमितकाे निधन
Death-from-corona
बुटवल- रुपन्देहीको तिलोत्तमाका एक जना कोरोना संक्रमितको भैरहवास्थित भीम अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलेको छ । कोरोना संक्रमणपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो । कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वास प्रश्वासमा समस्या भएपछि २९ गते भिम अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको कात्तिक ३० गते विहान मृत्यु भएको थियो । संक्रमितलाई भर्ना भएकै राति प्लाज्मा थेरापी र रेम्डिसिभिर समेत चलाइएको थियो । उनलाई आईसीयूूमा सार्ने तयारी समेत भएको थियो । मृतकका आफन्तले मृत्यु भएको चार दिनपछि अस्पतालको लापरवाहीले विरामीको ज्यान गएको आरोप लगाएका छन् । अस्पतालका चिकित्सक डा. आरिस हुसेनले भने लापरवाही नभएको दावी गर्नुभयाे । ढोका लगाएर शौच गर्दा अक्सिजनको मात्रा कम भएर विरामीको ज्यान गएको डा. हुसेनले बताउनुभयाे । ‘अस्पतालको सहयोगीले शौचालय लैजान खोजेपनि विरामीले एक्लै जान्छु भन्नुभएको रहेछ’ उहाँले भन्नुभयाे, ‘शौचालयको ढोकाको चुक्कल नलगाई हावा छिर्ने ठाउँ थोरै राखेको भए ज्यान नजान सक्थ्यो ।’
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update