Erani Mahal
पाल्पामा कोरोनाबाट निधन भएका १८ जना कहाँका ?
Corona Sab
पाल्पा – पाल्पामा कोरोना भाइसरको संक्रमणबाट बुधवारसम्म १८ जनाको निधन भएको छ । कुल १४ सय ३ जना संक्रमित मध्ये १८ जनाको निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनाको कारण हालसम्म माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका ३ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउँ र रिब्दीकोट गाउँपालिकाको १/१ जना, तानसेन नगरपालिका तथा तानसेन तथा अन्य क्षेत्रका अस्पतालमा गरी ७ जनाको निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । उहाँका अनुसार पाल्पाका १० स्थानीय तहमध्ये रैनादेवी, रम्भा र निस्दीमा कोरोनाको कारण मृत्यू भएको तथ्यांक छैन । त्यहाँ शून्य रहेको छ । पाल्पामा अहिलेसम्म कुल १४ सय ३ जनालाई कोरोना पुष्टि भएको छ भने ११ सय ५५ जना निको भएर घर फिर्ता भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update