Erani Mahal
चिसो मौसममा बिहानै खाली पेटमा मनतातो पानी पिउँनुहोस्, हुनेछन् यस्ता फाइदा
drinking-water-girl
पाल्पा - हामीले स्वास्थ्यका लागि पानी पिउनु अत्यन्त जरूरी छ । यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ । चिसो मौसममा मनतातो पानी पिउनु स्वास्थ्यका लागि अझ लाभदायक मानिन्छ । बिहान मनतातो पानी पिएपछि एक घन्टासम्म केही नखानुस् । दिनभरिमा १० गिलास पानी पिउनुस् । यसरी पानी पिउँदा यस्ता फाइदाहरु हुन्छन् । पेट सफा बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ । छाला चम्किलो छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ । मोटोपन घटाउने बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ । भोक बढाउने पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ । रोग हटाउने खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update