Erani Mahal
पाल्पामा बुधवार थपिए १९ कोरोना संक्रमित
coronavirus-test-swab
पाल्पा– पाल्पामा बुधवार १९ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टि भएका छन् । थपिएका १९ जनामा १३ जना महिला र ६ जना पुरुष रहेका छन् । पाल्पामा बुधवार १ जना महिलाको कोरोनाको कारण निधन भएको छ । बगनासकालीकी एक महिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा निधन भएको हो । यससँगै पाल्पामा निधन हुनेको संख्या १८ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update