Erani Mahal
रुपन्देही र स्याङ्जाका गरी दुई कोरोना संक्रमितको मृत्यु
CORONA-DEATH-2
पाल्पा - रुपन्देही र स्याङ्जाका गरी दुई जना कोरोना संक्रमितको बुधवार मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । गत कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएपछि २६ गते अस्पताल भर्ना हुनुभएका पुरुषको बुधबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । पुरुषमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ । यता, स्याङ्जा पुतलीबजार नगरपालिकाका वडा नं १३ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पोखरामा बुधवार बिहान १ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पुरुषमा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पुरुषमा निमोनियाको समस्या रहेको बताईएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update