Erani Mahal
काेराेना विरुद्धकाे भ्याक्सिन ९५ प्रतिशत सफल भएकाे दावी !
corona
एजेन्सी- अमेरिकी कम्पनी मोडेर्नाले तयार पारेको कोरोना विरूद्धको भ्याक्सिन झण्डै ९५ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ । यसको नतिजा यसअघि जर्मन कम्पनी फाइजरको भन्दा बढी प्रभावकारी देखिएको बीबीसीले जनाएको छ । यसअघि फाइजरले तयार गरेको भ्याक्सिन झण्ढै ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो । मोडेर्नाले जारी गरेको विज्ञप्तिमा प्रारम्भिक तथ्यांकको आधारमा खोपको नतिजा ९४.५ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ । यसअघि फाइजर र अहिले मोडेर्नाको नतिजाबाट विश्व समूदायमा कोरोना विरुद्ध लड्न नयाँ आशा थपिएको छ । मोडेर्नाको खोप अमेरिकामा ३० हजार मानिसमा परीक्षण गरिएको थियो भने यसमा विभिन्न प्रक्रिया र चरण रहेका थिए । स्रोत बीबीसी
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update