Erani Mahal
पाल्पाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
CORONA-DEATH-2
पाल्पा — पाल्पाका थप एकजना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंस्थित बिएण्डबी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई जानकारी दिनुभयो । कोरोना पुष्टि भएपछि केही दिन लुम्विनी मेडिकल कलेज तानसेनमा उपचार गरेर होम आइसोलेशनमा बस्नुभएका पुरुषलाई स्वास्थ्यमा थप समस्या आएपछि आईतबारमात्रै काठमाडौं लगिएको थियो । उहाँको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । पुरुषमा कात्तिक १२ गते पहिलोपटक कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको थियो । उहाँको फलोअपमा पीसीआर परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो । पुरुषमा कडा खालको निमोनिया र जण्डिसको समस्या रहेको थियो । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update