Erani Mahal
बराङ्दी अवल हुँदै रानीमहल जाने सडकको निर्माण कार्य तीव्र
DSC02099
पाल्पा (बराङ्दी) - बगनासकाली –८ बराङ्दी माइस्थानदेखी जैसीटोला अवल हुँदै रानीमहल जोड्ने सडकको निर्माण कार्य भईरहेको छ । शुक्रबार मोटरेवल पक्की पुलको ढलान सुरु भएको छ । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले सडक निर्माणले रानीमहल जान छोटो हुने तथा स्थानीय उपज बजार ल्याउन सहज हुने बताउँदै सडक निर्माणपछि बराङ्दी, खानीगाउँ, चापपानी तथा स्याङ्जाका केही क्षेत्रलाई समेत प्रत्यक्ष फाईदा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । [caption id="attachment_14907" align="alignnone" width="768"] मोटरेवल पक्की पुल[/caption] नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रीय अध्यक्ष गणेश बस्यालले उत्तरी क्षेत्र विकासमा पछाडी परेको अनुभूती भएकोले आफूले पहल गरेर सडक निर्माण गरेको बताउनुभयो । वडा नं. ८ का अध्यक्ष गणेश प्रसाद बस्यालले विकासमा सबैको एक्येबद्धता रहेको बताउनुभयो । स्थानीय केशवमणि बस्यालले योजना संचालनले ग्रामीण भेगमा यातायातको सहज पहँुच हुने बताउनुभयो । काम हुँदा सबै स्थानीय हर्षित भएको उहाँको भनाई छ । नेपाल सरकारको केन्द्रीय वजेट अनुसार ४० लाखको लागतमा यो वर्ष मोटरेवल पक्की पुल तथा सडक स्तरोन्नतीको काम साईन कन्टक्सन् प्रा.लि.ले काम गरेको यज्ञ प्रसाद बस्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update