Erani Mahal
हृदयघात के हाे, कसरी थाहा पाउने ?
heart-attack3
स्वास्थ्य विज्ञका अनुसार जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । मुटुमा रगत पु¥याउने नलीमा अवरोध भएमा मानिसलाई हृदयाघात हुने गर्छ । रक्तनलीका विशेषगरी तीनवटा कारणले अवरोध सिर्जना हुने गर्छ । – रक्तनलीमा बोसो जमेमा -नली फुटेमा – रक्तचाप बढेर मुटुमा असर परेमा हृदयघातको संकेत सामान्यत के मानिन्छ भने छातीमा तिब्र दुखाइ हुनु नै हृदयघातको संकेत हो । यद्यपि यति मात्र हृदयघातको संकेत होइन । हृदयघात हुनुअघि नै छालामा केही अरु संकेत देखापर्छ, जसलाई पहिचान गरेर हामी सर्तक रहन सक्छौं । मुटुको स्वास्थ्य गडबड भएपछि छालामा अनेक किसिमका संकेत देखिन थाल्छ । उक्त संकेतलाई पहिचान गरेर बेलामै सर्तक रहेपछि संभावित खतराबाट बच्न सकिन्छ । शरीरको अचानक जुनसुकै भागमा स-सना बिबिरा आउँछ भने यसबाट बुझ्न सकिन्छ तपाईंमा हृदय रोग छ । यस्तो बिबिरा शरीरमा कोलेस्ट्रोलको स्तर बढेपछि देखिन्छ । त्यसैले अचानक देखिने यस्ता बिबिरापछि केही सावधान भने रहनुपर्छ । दुबै आँखाको छेउमा सेतो-पहेंलो चिप्रा जस्तो देखिन्छ । कसै कसैमा यो चिप्रा जमेको मैन बत्ती जस्तै पनि देखिन्छ । आँखाका साथै यस्तो चिप्रा हात र खुट्टामा पनि देखापर्न सक्छ । यदि तपाईंमा यस्तो संकेत देखिए तपाईंको कोलेस्ट्रोल नियन्त्रण भएको छैन । यसले कुनैपनि बेला हृदयघातको जोखिम निम्त्याउँछ । यदि तपाईंको शरीरको कुनैपनि भागको छालामा नीलो वा बजैनी रंगको देखिन्छ भने सावधान हुनुहोस्, किन भने यो अस्वस्थ्य मुटुको संकेत हो । यस्तो लक्षण धेरैजसो खुट्टाको औंला आसपासमा देखापर्छ । छालामा निलो, बैजनी निशानाको अर्थ हो कि तपाईंको शरीरको कुनै भागमा रगत जमेको छ र पर्याप्त अक्सिजन पुगिरहेको छैन । धमिनीमा रगत जम्मा हुँदा धमनी ब्लक हुन्छ, जो हृदयघातको कारण बन्न सक्छ । यदि तपाईंको औंलाको माथिल्लो भाग सुन्निएमा यो पनि हृदयघातको पूर्व संकेत हुनसक्छ । सामान्यत नङको भाग सुन्निनु भनेको मुटुमा संक्रमण भएको वा अरु रोग भएको संकेत हो । कहिले काहीँ फोक्सोको समस्याले पनि यस्तो लक्षण देखाउँछ । यद्यपि यी सबै संकेत हृदघातको कारण बन्न सक्छ । अचानक तपाईंको औंलामुनी निलो वा बैजनी रंगको निशाना देखियो भने सावधान रहनुहोस् । यसले पनि हृदय रोगको संकेत गर्छ । हुन त यस्तो निशान चोटको कारण पनि देखापर्न सक्छ । यद्यपि कुनै चोटपटक लागेको छैन भने तुरुन्तै चिकित्सककहाँ पुग्नुपर्छ । यदि तपाईंको हात वा खुट्टाको औंलामा स-सना घाउ खटिरा जस्तो देखिन्छ र यो दुख्ने किसिमको छ भने यसले पनि हृदय रोगको संकेत गर्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update