Erani Mahal
पाल्पामा बिहीवार थप १५ जनामा कोरोना पुष्टि
corona_1
पाल्पा – पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार जिल्लाका विभिन्न स्थानमा ८ पुरुष र ७ महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार तानसेन नगरपालिकामा थप ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै रामपुर नगरपालिकाका ३ जना, निस्दी गाउँपालिकाका २ जना, रिब्दीकोट र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । बिहीवार थपिएकासंगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २६ पुगेको छ । संक्रमितमध्ये १ हजार ९४ जना निको भएपछि अहिले सक्रिय संक्रमितको संख्या २ सय १९ छ । पाल्पामा हालसम्म १३ जना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update