Erani Mahal
कालीगण्डकी नदीमा डुबेर एकजना बेपत्ता, खोजीकार्य जारी
Dubera_bepatta
पाल्पा – जिल्लाको रामपुर नगरपालिका –१० शिकोडाँडास्थित कालीगण्डकी नदीमा डुबेर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्याङ्जा गल्याङ नगरपालिका–९ बस्ने ३६ वर्षीय सुवास बोटे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मंगलबार दिउँसो अन्य तीन जनासँग नदी किनारमा दाउरा बटुल्न गएका बोटे अचानक नदीका डुबेर बेपत्ता भएको प्रहरीको भनाई छ । बेपत्ताको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी रहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update