Erani Mahal
निस्दीमा सामाजिक सुरक्षा भत्ता अब बैंकमार्फत बाँडिने, वडामै खाता खोल्ने व्यवस्था
samajik_surakshya_vatta
पाल्पा – निस्दी गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने भएको छ । नेपाल सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता निस्दीले पनि चालू आर्थिक वर्षको प्रथम चौमासिकबाट बैंकमार्फत वितरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । अहिले पालिकाको सातवटै वडामा बैंकसंग समन्वय गरेर वडा कार्यालयमै खाता खोल्ने व्यवस्था गरेको छ । वडा कार्यालयसम्म आउन समस्या हुने पूर्ण अपांग तथा जेष्ठ नागरिकको जनप्रतिनिधि तथा कर्मचारी घरमै गएर खाता खोल्न सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । पालिकाले वडा नम्बर १ र २ को लागि मेगा बैंक रामपुर शाखामा, ३ र ६ को राष्ट्रिय वाणिज्य बैंक रामपुर शाखामा, वडा नम्बर ४ र ५ को लागि सनराइज बैंक निस्दी शाखामा त्यस्तै वडा नम्बर ७ को लागि ग्लोबल आईएमई बैंक पूर्वखोला शाखा र कामना सेवा विकास बैंक नवलपुर सर्दी शाखामा खाता खोल्ने व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो । पालिकाले आफूहरुलाई बैंकमा जान नपर्ने गरि वडामै खाता खोल्ने व्यवस्था गरेकोमा मित्यालका ७६ वर्षीय भुवन सिं सुनारीले खुसी व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update