Erani Mahal
६ वर्षदेखि मिष्ठान्न भण्डारको रोजगारीमा रमाउनुभएका राजु
Raju_Chaudari
चुरामणि तिमिल्सिना, गुल्मी - भारतमा भन्दा नेपालमा राम्रो कमाई हुन थालेपछि भारत नौतनवाका २८ वर्षीय राजु चौधरी नेपालमै रमाउन थाल्नुभएको छ । केही वर्ष पहिले आफ्ना बुवा–आमालाई गुमाउनुभएका चौधरीको काधमा आफ्ना परिवारको थप जिम्मेवारी थपिएपछि नेपालका विभिन्न जिल्लाहरुमा मिठाई निर्माण तथा कुकको काम गर्दै आएको उहाँको भनाई छ । आधारभूत तहको पढाई मात्र सक्नुभएका चौधरी हाल रुरु क्षेत्र गाउँपालिका वार्ड न १ रिडीबजारमा रहेको रुरु मिष्ठान्न भण्डारमा मिठाईका परिकार बनाउने, खाजा नास्ता बनाउनका साथै काउन्टर समेत समाल्दै आउनु भएको छ । आफूले झण्डै ३ महिनाको तालिमपछि दुधका सबै परिकार बनाउन सक्षम भएको उहाँले बताउनुभयो । करिब ६ बर्ष यही मिष्ठान्न भण्डारमा काम गर्दा आफ्नो पसलका संचालकहरु लक्ष्मण भट्टराई, कृष्ण ज्ञवालीले आफ्नै दाइ–भाइको व्यवहार गरेको र सबै जिम्मेवारी दिँदा आफूमा झन हौसला मिलेकाले रिडीनै रोजाइ बनेको राजुको भनाई छ । मासिक ३ हजार रुपैयाँबाट जागिर थाल्नुभएका उहाँले अहिले मासिक सबै खर्च कटाई २५ हजार रुपैयाँ बचत गर्दै आएको बताउनुभयो । मिष्ठान भण्डारका सञ्चालक कृष्णले आफू नहँुदा सबै कारोबार जिम्मेवारी दिने र इमान्दार भएकोले आफ्नो पसल रहँदासम्म राजुलाई नै राख्ने बताउनुभयो । स्थानीय तहमा विभिन्न तालिमहरु सञ्चालन हुँदा मिठाइका परिकारहरु बनाउने युवाहरूलाई नेपालमै रोजगारीको सिर्जना गर्न सकेमा थुपै युवा जनशक्ती अन्य देश पलायन हुननपर्ने राजुुले बताउनुभयो । पालिकाले आफूलाई निमन्त्रणा गरेर तालिम दिन समेत आफू तयारी अवस्थामा रहेको उहाँको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update