Erani Mahal
पाल्पामा दिनहुँ थपिँदै कोरोना संक्रमित, मंगलबार १४ जना थपिए
corona_palpa
पाल्पा – पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ थपिन थालेको छ । पछिल्ला दिनमा पाल्पामा दिनहुँ नयाँ संक्रमितहरु पहिचान हुन थालेका हुन् । मंगलबार (आज)मात्रै पाल्पामा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । गत आईतबार पाल्पामा ८ जना र सोमबार २४ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार जिल्लाका विभिन्न स्थानीय तहका ८ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । थपिएका संक्रमितमध्ये तानसेनका ७ जना रहेका छन् । त्यस्तै रामपुर नगरपालिकाकाका १ जना, रम्भा र रैनादेवी छहरा गाउँपालिकाका २/२ जना, तिनाउ र रिब्दिकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । मंगलबार थपिएकासंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय ८९ पुगेको छ । संक्रमितमध्ये १ हजार ८२ जना निको भएका छन् भने १३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अहिले पाल्पामा १ सय ९४ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update