Erani Mahal
तानसेनमा ‘बालिका सशक्तिकरणमा आमाको भूमिका’ विषयक गोष्ठी
2
पाल्पा – दलित महिला संघ पाल्पा लगायतका आधा दर्जन संस्थाको आयोजनामा तानसेनमा बालिका सशक्तिकरणमा आमाहरुको भूमिका विषयक गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा तानसेन नगरपालिका उप–प्रमुख लक्ष्मी देवी पाठकले बालिकाको आर्थिक, शैक्षिक, सामाजिक उत्थानमा व्यक्ति, परिवार र समाजको भूमिका हुने बताउनुभयो । गोष्ठीमा दलित महिला संघका सल्लाहकार कृष्ण दर्नालले बालविवाह रोकिँदा बालिकाको शिक्षामा पहुँच विस्तार हुने, उनीहरु आर्थिक रूपमा आत्मनिर्भर हुने बताउनुभयो । वार एसोसिएसन पाल्पाका सचिव शान्ता बस्यालले बालविवाह रोकेर शिक्षा आर्जन गरेमा सामाजिक, आर्थिक रुपान्तरण हुने बताउनुभयो । कर्मठ बालिका परियोजना संयोजक सावित्री विश्वकर्माले बालिकाको सशक्तीकरणमा आमाको विशेष भूमिका हुने भएकाले आमाहरूको ज्ञान, सीप र क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभयो । दलित महिला संघ पाल्पाकी अध्यक्ष शान्ता गहतराजको अध्यक्षता र सचिव तुलसा बुढाप्रीतिको सञ्चालनमा गोष्ठी सम्पन्न भएको थियो । सो कार्यक्रममा सल्लाहकार दर्नाल र वार सचिव बस्यालले सहजिकरण गर्नुभएको थियो । बालविवाहका असर, बालिकाले बीचमै कक्षा छाड्नुका कारण, नेतृत्व विकास, घरेलु हिँसा लगायतका विषयमा सहजिकरण भएको थियो । गोष्ठीमा तिनाउ गाउँपालिका, रम्भा गाउँपालिका, तानसेन नगरपालिका भित्रका महिला तथा बालिकाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update