Erani Mahal
मित्यालमा विद्यालय भवनको शिलान्यास
124577545_1779894658840594_4051312555947725992_n
पाल्पा - निस्दी गाउँपालिका, –४ मित्यालमा रहेको मित्याल आधारभूत विद्यालयमा निर्माण हुने ४ कोठे भवनको शिलान्यास गरिएको छ । भवनको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले सोमबार शिलान्यास गर्नुभएको हो । मित्याल झ्यालतुङस्थित विद्यालयमा बन्दै गरेको भवनको शिलान्यास गर्नुहुँदै अध्यक्ष सारुले विद्यालयले भौतिक विकास संगसंगै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा पाल्पाको ७० लाख लागतमा ४ कोठे पक्की भवन बन्ने प्रध्यानाध्यापक टेकबहादुर सुनारीले बताउनुभयो । शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रन बहादुर गाहाको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update