Erani Mahal
पाल्पामा 'किवी' खेतीतर्फ किसान आकर्षित
Kibii-palpa
पाल्पा – किवी खेतीको राम्रो सम्भावना देखेपछि पाल्पाका किसान यसतर्फ आकर्षित भएका छन् । जिल्लाको विभिन्न स्थानमा किवी खेतीको राम्राे सम्भावना छ । तर हाल हाल माथागढीको ओलेस, पूर्वखोलाको जल्पा र रिब्दीकोटको ठिमुरेमा यसको खेती सुरु भएको छ । समुद्र सतहदेखि १२ सय देखि १४ सय मीटर उचाईमा किवी खेती गर्न सकिन्छ । बजारमा एक किलाे किवीकाे मुल्य चार सय देखि ६ सय रूपियाँसम्म पर्छ । याे एक प्रकारकाे फलफूल हाे । स्वास्थ्यका लागि समेत याे फल उपयुक्त र गुणकारी मानिन्छ । [caption id="attachment_14608" align="alignnone" width="768"] माथागढीकाे ओलेसका किसानले लगाएकाे किवी । तस्विर : सुशिल नेपाल ।[/caption] पाल्पामा तीन वर्षअघि ओलेस र पूर्वखोलाका किसानले ल्याएका किवीका बिरुवाले उत्पादन दिन थालेको छ । माथागढी–३, ओलेसका किसान कृष्ण रानाले तीन वर्षअघि लगाउनुभएको किवीले राम्रो उत्पादन दिएकाे छ । उहाँकाे सिकाे गरेर यहाँका अन्य किसानले समेत किवी खेती गर्न थालेका छन् । हाल आएर ओलेसका अन्य किसानले समेत यहाँ ५०० सय किवीका बोट लगाएका छन् । रानाले किवीको माग अत्याधिक रहेपनि माग अनुसार आपूर्ति गर्न नसकेको बताउनुभयो । किवी खेती कम लगानीमा राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । किवीका बिरुवाले आवश्यक मलजल पाउने हो भने एउटै बोटबाट एक देखि डेढ क्वीण्टलसम्म उत्पादन दिन्छ । पूर्वखोला–२, जल्पा ढोलीमाराका किसान भुवन बाह्रघरेले लगाएको किवीले गत वर्षदेखि उत्पादन दिन थालेको बताउनुभयो । पाल्पामा जल्पा लगायत अन्य स्थानमा समेत किवी खेतीको राम्रो सम्भावना भएपनि किसानलाई किवीको बारेमा जानकारी नहुँदा यसको व्यवसायिक उत्पादन हुन सकेको छैन । रिब्दीकाेटका किसान दलबहादुर बगालेले समेत किवी लगाउनुभएकाे छ । उहाँले लगाएकाे किवीले राम्राे फल दिन थालेकाे छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update