Erani Mahal
ह्वाट्स एपमा एक दिनमै १ खर्बभन्दा धेरै मेसेज आदान-प्रदान
whats app
फेसबुक स्वामित्वको मेसेजिङ प्लाटफर्म ह्वाट्सएपमा एक दिनमै १ खर्बभन्दा धेरै मेसेजहरु आदानप्रदान हुने गरेका छन् । फेसबुक सिइओ मार्क जुकरबर्गले कम्पनीको त्रैमासिक रिपोर्ट सार्वज्निक गर्ने क्रममा यस्तो खुलासा गरेका हुन् । यसअघि सन् २०१९ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ का दिन पनि ह्वाट्सएपमा १ खर्ब वटा मेसेज आदानप्रदान भएको थियो । जुकरबर्गका अनुसार ह्वाट्सएप लगायत फेसबुक परिवारका अन्य एपहरु दैनिक अढाई अर्ब मानिसहरुले प्रयोग गर्ने गरेका छन् । त्यस्तै Statista ले सार्वजनिक गरेको एक अर्को तथ्यांक अनुसार हाल ह्वाट्सएपका सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब छ । त्यस्तै फेसबुक मेसेन्जका सक्रिय प्रयोगकर्ता १ अर्ब ३० करोड रहेको छ । गत जनवरी महिना सम्मै एन्ड्रोइड प्लाटफर्ममा ह्वाट्सएप ५ अर्ब पटक डाउनलोड भएको थियो । त्यो सँगै ह्वाट्सएप ५ अर्ब पटक डाउनलोड हुने गुगल बाहेकको अर्को एप्लिकेसन बनेको थियो । फेसबुक सिइओ मार्क जुकरबर्गले नयाँ इन्स्टाग्राम अपडेटका बारेमा पनि जानकारी गराएका छन् । जस अनुसार नयाँ अपडेटसँगै मेसेन्जर र इन्स्टाग्राम मेसेजिङलाई एकीकृत गरिएको छ । हालैका दिनहमा सोसल मिडिया कम्पनीहरुका तर्फबाट विभिन्न फरक फरक सेवाहरुमा विभिन्न फिचरहरु थप गर्ने गरिएको छ । केही प्रयोगकर्ताहरुमा परीक्षण पश्चात् ह्वाट्सएपमा Mute Always को अप्सन पनि अहिले सबै प्रयोगकर्तालाई उपलब्ध गराइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update