Erani Mahal
हनुमानको मन्दिर बनाउँदै कंडेल दम्पत्ति
kandel
चुरामणि तिमिल्सिना, गुल्मी – गुल्मी छत्रकोट गाउँपालिका वार्ड न ३ भालुपानीमा वैदिक विधिअनुसार भगवान हनुमानको मन्दिर शिलन्यास गरिएको छ । छत्रकोट –४ श्रीङ्गा निवासी पोमलाल कंडेल तथा गीता कंडेलले मन्दिर निर्माण कार्य गरेर समुदायमा हस्तान्तरण गर्ने बताउनुभयो । २ महिनामा निर्माण कार्य सकेर आउँदो हनुमान जयन्तीको अवसर पारेर भब्य कार्यक्रमकासाथ मन्दिर उद्घाटन गरिने पोमलालले बताउनुभयो । आफू हनुमानको भक्त भएकोले सो स्थाननजिकै हनुमानको मन्दिर नभएकोले आफूले मन्दिर बनाउन लागेको कंडेलकी श्रीमती गीताले बताउनुभयो । कंडेलले धार्मिक, साँस्कृतिक सम्पदा, आफ्नो सस्कृती रीतिरिवाज भएकोले मन्दिर निर्माण गर्न आफू लागेको बताउनुभयो । कंडेलले केही समय अगाडि आफ्नो जन्मभूमि नजिकै रहेको कारपोखरा दुर्गा मन्दिरमा पनि मन्दिर प्रवेश गेट निर्माण गरेको बताउनुभयो । आफू प्रायः लण्डन रहेपनि आफ्नो प्रतिनिधि कान्छा सुपुत्र बिपिन कंडेलले मन्दिरको शिलन्यास गर्नुभएको हुँदा आफुहरु निकै खुःसी रहेको स्थानियको भनाई छ । कंडेलले यति मात्र नभई रुरु क्षेत्रमा रहेका वृद्धवृद्धा, साधु, दिन–दुःखी, तथा बिपन्न वर्गका परिवारलाई सहयोग तथा आफ्ना परिवारका सदस्यको जन्म उत्सवको अवसर पारेर खाद्यान्न सहयोग तथा रुरु धार्मिक सेवा संचार प्राली कार्यलयलाई विविध सामाग्री सहयोग प्रदान गरिरहेको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update