Erani Mahal
तिनाउको खुर्सानेगाउँमा निःशुल्क स्वास्थ्य शिविर
tinau2
पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका –२ को खुर्सानेगाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । तिनाउ गाउँपालिका स्वास्थ्य शाखा र नेपाल जेसुइट सोसाइटी घोरबन्दाको पहलमा १ दिने स्वास्थ्य शिविर गरिएको हो । शिविरमा तिनाउँका खुर्साने, आरखुदी, बगाहा, खुलखुले, हरियाली गाउँ लगायत स्थानका स्थानीयहरु स्वास्थ्य परीक्षणमा सहभागी थिए । यी स्थानका १ सय २५ जनाको स्वास्थ्य परीक्षण गरिएको तिनाउ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताउनुभयो । स्वास्थ्य परीक्षण गरि आवश्यक औषधी समेत वितरण गरिएको थियो । गाउँपालिकाका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्था भन्दा टाढाका बस्तीहरुमा मासिक स्वास्थ्य शिविर संचालन हुदैं आएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । ‘गाउँपालिका भित्र ४ वटा स्वास्थ्य केन्द्र र ८ वटा स्वास्थ्य इकाई छन्, त्यहासम्म पुग्न अप्ठयारो हुने बस्तीहरुमा स्वास्थ्य शिविर चलाउने गर्दछौं’– अध्यक्ष घर्तीले भन्नुभयो । स्वास्थ्य शिविरमा नेपाल जेसुइट सोसाइटीकी व्यवस्थापक सिस्टर मेरी, स्वास्थ्यकर्मी दुर्गालाल श्रेष्ठ, सुरज कुमाल लगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । तिनाउका वडा नं. १ को ठूलीउदाङ र तालमुर्थुम, वडा नं. २ को खुर्साने र हरियालीगाउँ, वडा नं. ३ को ज्यामिरे, वडा नं. ४ को सत्यवती, वडा नं. ५ को विस्कुनडाडा र चौविसमाइल तथा वडा नं. ६ को पाटन र शिखरडाडामा मासिक शिविर संचालन हुदै आएको गाउँपालिकाका प्रवत्ता राजेश श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update