Erani Mahal
काेराेना अघि र पछिकाे अवस्था
kka
केही समय पहिला पिसिआर चेक गरेको मान्छे पो त म बसमा पनि मास्क लगाएको नै हो सरासर पो आएको त तिमीहरु बरू सुरक्षित छैनौ कि ? बेकार शंका गर्छन् लक्षण पनि छैन लागेछ भने नि केहि हुदैन डराउनु पर्दैन भो दुरी कायम गर्ने कि भन्यो भने फटाफट यस्तै उत्तर आउँछ केहि समयपछि फोन गरेको फोन उठेन बुझ्दै जाँदा लागिसकेछ कठिन भएछन् दिनहरू शरीरको ताप सयबाट तल झरेनछ फोक्सो भेन्टिलेटरको भरमा चलेछ आश मारेको मान्छे तै तै स्वास जोगिएछ स्वास्थ सचेतनाको याद आएछ अनि चलचित्रको पर्दामा झैं आफूले बोलेका शब्दहरू र गरेका क्रियाकलापको संझना भएछ आफ्नो बिगत प्रति पश्चाताप भएछ कतिले गुमाउनु परेछ पश्चातापको अवसर पनि जान्ने भन्ने ठानिएका पनि मान्ने भन्ने जानिएका पनि चोक चोकमा गफ चुट्दै कोरोना डाक्टर बन्नेहरू पनि अरूलाई सराप्ने तर स्वयं बेवास्ताको घण्ट बजाउदै पलपल भाइरस सार्नेहरू शहर तर्साएर गाउँ गाउँ भाइरल बनाउदै छन् बुद्धिको बिर्को लगाउनेहरू तिम्रो बाकी जिबनमा रिसाइरहे पनि सम्बन्धमा चिसोपन आइरहे पनि सम्झनु कि मलाई लक्षणले ग्रस्त पारेको बेला श्रीमती पनि आफ्नो ज्यान जोगाउन लाग्छिन् छोराछोरी पनि पीर मान्दै अलग बस्छन् सामान्यमा पर्यौ भने त ठिकै छ तर कडा लक्षणमा देखियौ भने सम्झनु भेन्टिलेटरले पनि काम गर्ने छैन तिम्रो बिश्वासको माथिकाले पनि जोगाउन सक्दैनन् सचेत बनौं लौ न,आफ्नै लागि हो पुरापुर सचेत बनौं लेखक देववाणी संस्कृत तथा साधारण मावि तानसेनका प्रअ हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update