Erani Mahal
हुलाकी नबन इन्टरनेटको युगमा
KT
प्लेन चढी चढी थाकेछ क्यारे चिल्ला गाडीमा सवार भैरह्यो झुपडी देख्न चाहन्थ्यो वा चाहादैन्थ्यो चिल्ला गाडीहरू गाउँ पसेपछि कसले छुने उनिहरूलाई? निमुखालाई पो चौध दिन आजकाल ठूलो शहरबाट सानो शहर शहरै शहरबाट गाउँतिर मौलाउदै छ,एक तमासले छातीमा कफ जमे पनि ललाटमा ताप बढे पनि धम्की जस्तै स्वासले दुख पाए पनि ज्यान दुखेर हैरान भए पनि आजकाल उसलाई हाइसुक्ख छ घाँटीबाट थुती थुती मेसिनमा पुग्नु पर्दैन मज्जाले कुद्न पाएकै छ आफ्नै संसारमा रमाएकै छ आजकाल युरिया मल पाएको छ उसले गाउँ शहर छपक्कै हुदैछ लुक्नेसङ्ग ठिकै हुन्छ उ अंकमाल गर्दै रमाउनेहरू देख्दा असाध्यै खुशी हुन्छ उ एक्लै चुस्की लिनेसङ्ग ठिकठिकै हुन्छ टेबुल ठोकी ठोकी समुहमा चुस्की लिनेहरूसङ्ग हृदय खोलेर हाँस्छ उ एकैपटक धेरै ठाउँ घुम्न पाइन्छ भनेर बाउन्न भाइ जुधाउनेसङ्ग त झन् खुसीले गदगद हुन्छ उ घुलमिल गर्न सजिलो ठानेर बेलाकुबेला प्रेमी प्रेमिकासङ्ग रमाउनेहरू देख्दा फुरुङ्ग हुन्छ उ किनकी प्रेमीको बासङ्ग पनि प्रेमिकाको आमासङ्ग पनि दुख नै नगरी माया गर्न पाउछ उसले ए ठूलो जनावर मानिएकाहरू हो बिश्व एक मुठीमा छ भनी ठानेकाहरू हो तिमि जे गर्छौ आफै बेहोर तर बृद्ध कटेका तिम्रा बा आमाको के दोष छ र? रमाएर बाँच्न देउ इष्ट मित्रसङ्ग हाँस्न देउ तिमी आफैले आफूलाई ठूलो घोषणा गर्न सक्छौ तर अरूबाट किन बन्छौ हेयको पात्र सके आफू पनि बाँच नसके हुलाकी नबन ईन्टरनेटको युगमा
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update