Erani Mahal
आजदेशभरकाे माैसम कस्ताे छ हेर्नुहाेस
mausam
काठमाडौं- हाललाई देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । त्यस्तै अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै अन्य भू-भागका मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update