Erani Mahal
सिद्धबावा नजिकै तिनाउ खाेलामा माेटरसाइकल खस्याे : दुई जना गम्भीर घाइते
accident 11
पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–३, माथिल्लो शिद्धबावा नजिकबाट मोटरसाइकल खस्दा दुई जना गम्भीर घाइते भएका छन् । शनिबार बेलुकी ७ बजे पाल्पाबाट बुटवलतर्फ गइरहेकाे लु ९ प ७१५६ नम्बरको मोटरसाइकल सडकदेखि २०० मीटर तल खस्दा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे । [caption id="attachment_14473" align="alignnone" width="768"] फाइल तस्विर ।[/caption] घाइते हुनेमा बगनासकाली गाउँपालिका–४, का मोटरसाइकल चालक २८ वर्षीय रुकबहादुर हिस्की र मोटरसाइकल पछाडि बस्ने तिनाउ गाउँपालिका वडा नं. ३ का १८ वर्षीय दानबहादुर लम्तरी गम्भीर घाइते हुनुभएको हो । घाईतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update