Erani Mahal
पाल्पाकाे सिरूखर्कमा माेटरसाइकल दुर्घटना, एक जनाकाे मृत्यु
Accident1521
पाल्पा – तानसेन-तम्घास सडक खण्ड अन्तर्गतको रिब्दीकोट–३, स्थित सिरुखर्क भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकल चालकको ज्यान गएको छ । शनिबार बिहान साढे ११ बजेतिर तानसेनदेखि रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । ज्ञवालीसँगै मोटरसाइकलमा सवार गुल्मी जिल्ला ग्वादी–४, बस्ने ४३ वर्षका अनिल ज्ञवाली सामान्य घाइते हुनुभएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । सामान्य घाइते हुनुभएका अनिल उपचारपछि डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update