Erani Mahal
चिदीपानीका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई २५ सय प्रदान !
aaa
पाल्पा– जिल्लाको माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीमा संस्थागत रुपमा सुत्केरी हुने महिलालाई प्रोत्साहन रकम वितरण गरेको छ । चिदीपानी स्वास्थ्य चौकीमा आ.व २०७८/०७८ को साउन देखि कार्तिक १४ गते सम्मकावडा भित्रका सस्थागत सुत्केरी भएका सुत्केरी आमाहरुलाइ सस्थागत सुत्केरी प्रोत्साहन रकम स्वरुप दुई हजार पाँच सयका दरले वितरण गरिएको हो । स्वास्थ्य चौकीमा गर्भवती हुदा नियमानुसार जाच गरे बापत प्रत्येक जाचमा एक क्यारेट अन्डा तथा प्रथम पटक जाच गर्ने गर्भवतीलाई हरियो झन्डा समेत माथागढी गाउँपालिकाकि उपाध्यक्ष निर्मला भट्टराई र वडा अध्यक्ष शिव प्रसाद शर्मा घिमिरेले संयुक्त रुपमा प्रदान गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update