Erani Mahal
पाल्पाको पूर्वखोला जाँदा पिसिआर रिपोर्ट अनिवार्य !
pur
पाल्पा– जिल्लाको पूर्वखोला गाउँपालिकामा प्रवेश गर्न अनिवार्य रुपमा पिसिआर रिपोर्ट देखाउनु पर्ने भएको छ । यस अघि जारी सूचनालाई थप गर्दै गाउँपालिकाले समुदाय स्तरमा कोरोना संक्रमण रोक्न भन्दै अनिवार्य पिसिआर रिपोर्ट देखाउनुपर्ने सूचना जारी गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख मोहन ढकालले जारी गरेको सूचनामा दशैं सकिएपनि तिहार लगायतका चाडवाडका लागि जिल्ला बाहिर, भारत तथा तेस्रो मुलुकबाट आउने जो कोहीले पनि अनिवार्य रुपमा पिसिआर गरेर त्यो रिपोर्ट स्वास्थ्य शाखा वा वडा कार्यालयमा बुझाएर मात्रै गाउँपालिका प्रवेश गर्न पाइने जनाएको छ । पिसिआर नगर्नेले पालिकाले बनाएको क्वारेन्टिनमा १४ दिन अनिवार्य रुपमा बस्नुपर्ने र लुकीछिपी गाउँछिर्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही हुने समेत पालिकाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update